नेपाली युवाहरू रुस र युक्रेनबीच युद्धका क्रममा रुसी सेनामा भर्ना हुन लामबद्ध

Machchapuchchre

Artharajniti ~  रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा डायमन्ड सी म्याग्देली नामले चिनिएका ती युवाले सार्वजनिक रूपमै युद्ध लड्न पाउँदा गर्व महसुस भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा २ सय नेपाली भर्ना भएको सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही दिनमै ती युवाले सामाजिक सञ्जालमार्फत रुसी सेनामा आबद्ध हुँदा आफूलाई गर्व महसुस गरेका हुन् । सरकारले रुसी सेनाबाट नेपालीहरूलाई फिर्ताका लागि आह्वान गरिरहँदा ती युवाले युद्धमा भाग लिँदा गर्व महसुस भएको भन्दै स्टाटस लेखेका हुन् । हिजो माओवादीमा आबद्ध भएर सशस्त्र द्वन्द्वमा होमिएका डायमन्ड सी नेत्रविक्रम चन्द विप्लपको नेकपामा रहेको देखिन्छ । केही समयअघि विप्लवले नामको पछाडि सी लेख्ने उद्घोष गरेका थिए । सोही उद्घोषअनुसार ती युवाले आफ्नो नामको पछाडि सी लेखेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्