इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

Machchapuchchre

Artharajniti  ~  इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए । ‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले  भने, ‘यो मरुभूमि नै हो (रामत नेगेभ), इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’ यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्