प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

Machchapuchchre

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि उनले बैठक डाकेका हुन् । आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । त्यसअघि, आजै अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय छ । बैठकमा इजरायलमा विकसित पछिल्लो घटनाक्रम र नेपाली नागरिकको उद्धार, राहतलगायत विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्