कोशीमा चौथोपटक पनि ढल्यो सरकार

Machchapuchchre

Artharajniti  ~  सर्वोच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको र एमाले सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले कसैको स्पष्ट बहुमत नभएको अवस्थामा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प भएको दाबी पनि गर्नुभयो । प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएकोमा खुसी व्यक्त उहाँले आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्