राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Machchapuchchre

Artharajniti ~  सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा एक बजेर एक मिनेट जाँदाका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्