” बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ ” : प्रधानमन्त्री प्रचण्ड

Machchapuchchre

Artharajniti   ~  प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् । सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने बताए । काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुननदिने प्रतवद्धतासमेत व्यक्त गरेका छन् । बझाङमा गत मंगलबार दिउँसो ३:०६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्