नेपालगञ्जमा आज पनि कर्फ्यू जारी

Machchapuchchre

Artharajniti   ~  स्थानीय प्रशासनले हिजो (मंगलबार) नेपालगञ्जमा लगाएको कफ्र्य आज पनि जारी छ । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले हिजो नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्य लगाएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गर्ने क्रममा बिपीचोकबाट त्रिभुवनचोक जाने क्रममा र्‍यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो । र्‍याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्