“गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ ” : मन्त्री किराती

Machchapuchchre

Artharajniti  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए ।  मन्त्रि किरातीले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।  भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्