सरकारले जग्गा दिए महानगरले क्रिकेट रंगशाला बनाउँछ : बालेन

Machchapuchchre

अर्थ राजनीति ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले सामाजिक सञ्जाल फेसबुक लेख्दै सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् । उनले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका हुन् । श्रीलंकाको अध्यागमनका कर्मचारी चकित पर्ने गरी नेपाली त्यहाँ पुगेको भन्दै उनले भने, ‘रंगशाला र केही ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’ एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतबीचको खेल हेर्न ठूलो संख्यामा नेपाली श्रीलंका पुगेको उनले उल्लेख गरेका हुन् । उनका अनुसार सो खेल भएको रंगशालामा ४०–५० जति भारतीय क्रिकेट समर्थक थिए । नेपालीको संख्या १५ सयदेखि दुई हजारको बीचमा थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्