ओली : ” आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो “

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाए । ‘सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु हो,’ ओलीले भने । निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको अर्को आरोप पनि उनले लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताए । प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप ओलीको थियो । ब्रेक शुमा तस्करी गरेर ल्याउँदा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्