अर्थ राजनीति ~ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई कारबाही गरेको गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा पुनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका हुन् । पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो । त्यसपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्,’गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने बताएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति