नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझी उच्च अदालत पुगे

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको र सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै नेताहरु उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् । उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ । जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्