भारतको राजधानी दिल्ली डुबानमा

Machchapuchchre

अर्थ राजनीति  ~   भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो। बिहीबार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको छ। यमुनाको तीब्र बहावका कारण अलिपुरमा तटबन्धकै फुटेको छ। बाँधमा क्षति पुगेपछि हजारौं बिघा जमिन जलमग्न भएको छ। दिल्लीमा बाढीको संकट बढ्दै जाँदा केन्द्र र राज्य सरकारले उद्धार र राहतका लागि तयार रहन सरोकारवाला निकायलाई निर्देशन दिएको छ। डुबानका कारण दिल्लीवासीहरुलाई  घरबाहिर निस्कँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्