उपप्रधानमन्त्री : ” प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत “

Machchapuchchre

अर्थ राजनीति  ~  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीत भएको तर्फ गरेका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यता विपरीत भएको बताए । ‘प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीतको कुरा हो ।’ उनले भने । संसद् बैठक अवरोध गर्ने दलहरूले यो कुरालाई स्वीकार गरेर संसद् सञ्चालन गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधान अनुसार हुने बताउँदै उनले संवैधानिक रुपमा कुनै विकल्प छ भने आफूहरू मान्न तयार रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्