जनमत सरकारमा जान तयार, प्रधानमन्त्रीसंग राखे तीन शर्त

Machchapuchchre

अर्थ राजनीति  ~  जनमत पार्टी शर्तसहित सरकारमा जान सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज  बिहान जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटि विभिन्न तीन शर्त राख्दै सरकारमा जान सकारात्मक देखिएका हुन् । नेता राउतले प्रधानमन्त्रीसंग बजेटमा देखिएको असमानता हटाउने, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी दिने र संघमा मन्त्रीका विषयमा छलफल गरेका थिए । जनमत पार्टीका नेता अब्दुल खानले प्रधानमन्त्री आफूहरूले उठाएका मुद्दामा सकरात्मक रहेको उनले बताए । पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा खानेपानी मन्त्रालय सम्हाल्नेगरी जनमत सरकारमा गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्