नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प

Machchapuchchre

अर्थ राजनीति  ~  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प भएको २४ घण्टादेखि ठप्प छ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलाआडमा बिहीबार दिउँसो १ बजेतिर पहिरो खसेर बाटो अवरूद्ध भएको हो । पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ने डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । सडकभन्दा ३०/४० मिटर माथिबाट ढुंगाहरू आएर सडकमा लगातार बजारिने गरेका कारणले पहिरो हटाउन समस्या भएको उनले बताए। चितवनमा पानी खासै नपरेको भएपनि सुख्खा जस्तो पहिरो खसिरहेको छ । बिहीबारसम्म दुईवटा मेसिनले काम गरिरहेकामा आजबाट दुइटा मेसिन थपिएको पौडेलले बताए । नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउन आठ वर्षअघि काम सुरू भएसँगै यो सडकमा पहिरोको समस्या सुरू भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्