अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । अध्यक्ष ओलीले भनेका छन्– ‘किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ । कृषि उत्पादन खरिद सम्झौता हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति