अर्थ राजनीति ~ संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो । पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ सभापति शेरबहादुर देउवाले चासो देखाउनुभएको छैन भने महामन्त्री थापा सभापतिको विरुद्धमा भाषण गर्दै हिड्नुभएको छ । त्यस्तै, केही केन्द्रीय सदस्यसहित पार्टीको जिम्मेवारीमा नरहेका अधिकांश युवा नेताहरू देशव्यापी अभियानमा छन् । नेतृत्वलाई पार्टी रूपान्तरणको खाकाका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सभापति देउवाले एकातिर सुनेर अर्कोतिरबाट उडाउने काम गरेको कांग्रेस रूपान्तरण अभियानका नेता गुरुराज घिमिरेले आरोप लगाउनुभयो । सभापतिको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसको रूपान्तरण सभापति देउवाबाट सम्भव छैन । हामीले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा उहाँले सुन्नै चाहनुभएन । त्यसैले हामी अभियानबाटै उहाँलाई सच्याउन सकिन्छ भनेर लागेका हौं । उहाँ सच्चिनुभएन भने सक्किन तयार हुनुपर्छ ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति