अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार १० दलका नेताहरुसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम,बजेट लगायतका विषयमा गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा साँढे २ बजे हुनेछ । सो छलफलमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा नेताहरूसँग सुझाव माग्नुहुनेछ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी हुने बताइएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति