मन्त्री किराती : ” वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्रीहरू नै पो रहेछन् “

Machchapuchchre Bank

अर्थ राजनीति  ~  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको बताएका छन्। निगमको वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री किरातीले निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै यस्तो बताएका हुन्। ‘म मन्त्री भएको सय दिन भयो। यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ। निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेछन्। यति भन्दैमा फेरि निगमका कर्मचारीहरू चाहिँ चोखो छन् भन्ने होइन। नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना होइन, पैसा असुल्ने कार्ययोजना बनाउँछन्,’ उनले भने। निगमलाई सुधार्न जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने समेत मन्त्री किरातीले बताए। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न नसके छाडेर जान समेत उनले निर्देशन दिए। ‘तपाईंलाई यो काम गर्ने अवसर हो। अब तपाईंलाई कारबाही गर्छु। तपाईंले क-कसलाई कारबाही गर्ने हो गर्नुस्,’ उनले आक्रोशित हुँदै भने, ‘यदि काम गर्न सक्नुभएन भने सल्लाह गरेर नै छाडेर जानुस्। बिदाइ गर्नेछौं।’ मन्त्री किरातीले निगमका बोर्ड सदस्यलाई समेत भन्न बाँकी राखेनन्। उनले बोर्डका सदस्यहरू सुविधाका लागि होडबाजी गर्छन् भन्ने आफूले सुनेको बताए। ‘निगम सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाका लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो, होइन भने पैसा कमाउन व्यापार गरे हुन्छ। सुविधाका लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न,’ उनले भने। मन्त्री किरातीले आफू यो युगको परीक्षामा रहेको पनि बताए। यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो। ‘अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्