अर्थ राजनीति : जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्। वैशाख १० मा भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए। यहाँ सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाबीच रोचक प्रतिस्पर्धा भएको थियो। उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ३४ जना उम्मेदवार थिए। ‘जसपा अध्यक्ष उपेन्द्र यादव बारा प्रतिनिधि सभा क्षेत्र २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले भनेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्र प्रति जिम्मेवारी सहृदयताका साथ बहन गरेका छन्।’उनले उपनिर्वाचनमा जनमत पार्टीले पनि जनताको माया पाएको बताए। ‘जनमत पार्टीले समेत जनताको अगाध माया पाएको छ। हामीलाई मतदान गर्नु हुने सम्पूर्ण बारावासीलाई कोटीकोटी प्रणाम र जनमतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै-धेरै धन्यवाद।’बारामा जसपाका उपेन्द्र २८ हजार ४ सय १५ मतसहित विजयी हुँदा जनमतका शिवचन्द्र २३ हजार ३ सय ३४ मतसहित दोस्रो भएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका थिए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति