अर्थ राजनीति ~ सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ । खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताए । १० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ । कार्यदलका एक सदस्यले भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति