अर्थ राजनीति ~ गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज (सोमबार) शीतल निवास छिर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ, त्यसलगत्तै राष्ट्रपतिज्यूले पदभार ग्रहण गर्नु हुनेछ,’ कार्कीले भने । संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था उल्लेख छ । तर, हाल प्रधानन्यायाधीश रिक्त रहेका कारण कामु प्रधानन्यायाधीशले नै शपथ गराउनेछन् । संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ,’ भनिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति