त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

Machchapuchchre

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । दाहाल छथर पोखरी-३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बस्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्