अर्थ राजनीति ~ सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको बारेमा रस्साकस्सी चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री देउवालाई फागुन १३ गते राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न आग्रह गरेका हुन् । कांग्रेसकै राष्ट्रपति हुने दाबी गरेका शर्माले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको सुनाए । महामन्न्त्री शर्माले भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’महामत्री शर्माले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति