झापा ५ मा ओली पाँच हजार बढी मतान्तरले अघि

Machchapuchchre Bank

अर्थ राजनीति  ~  झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी छ। अहिलेसम्म यहाँ २४ हजार चार सय २१ मत गणना गरिएको छ। नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली लगातार यहाँ अगाडि छन्। ओलीले १२ हजार एक सय ८६ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार एक सय ३ मत ल्याएका छन्। यहाँ ओली पाँच हजार बढी मतान्तरले अघि छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल २ हजार ११३ मतसहित तेस्रो स्थानमा छन्। जनमत पार्टीका भीम राजवंशी एक हजार ३० मतसहित चौथो स्थानमा छन्। झापा-५ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्