चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल

Machchapuchchre

अर्थ राजनीति   ~  काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाडौं उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो । उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको सहयोग लिन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्