सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसदको महाभियोग समिति बैठक सरेको छ। आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो। अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व प्रधानन्यायाधीशहरूलाई बैठकमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लागेको महाअभियोग प्रस्तावबारे छानबिन समितिमा सोधपुछका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू नजाने बुधबार नै निर्णय गरेका थिए। सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल-कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।  समितिमा उपस्थित हुनु र निजसँग, सोधपुछ सवालजवाफ गरिनु उचित र शोभनीय नहुने फुल-कोर्टको निष्कर्ष छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्