अर्थ राजनीति ~ प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठकको बैठक आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।“मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” योगीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतितिनिधिसभा बैठकको समय परिवर्तन
