बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  बालुवाटारमा करिब चार घन्टासम्म चलेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बैठकबाट बाहिरिएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांश विषय भोलिको छलफलबाट टुंग्याउने सहमतिसाथ आज बैठक सकिएको बताए। ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि (सोमबार) बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं,’ खनालले भने। कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको गाँठो फुक्न सकेको छैन। कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्