अर्थ राजनीति ~ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने आगामी निर्वाचनमा आफ्नो पार्टीले २० लाखभन्दा बढी मत पाउने दाबी गरेका छन् ।
पार्टीको स्थापनाको छोटो अवधिमा आफ्नो पार्टीले जनताको विश्वास जितेको उनले तर्क गर्दै गरिबका लागि र दमनविरुद्ध संघर्ष गर्न पार्टी गठन भएको बताए ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले १० लाख मत प्राप्त गरेको बताउँदै उहाँले दलका नेता कार्यकर्तालाई ढुक्क भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो ।
सो अवसरमा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन देश विकासका लागि बनेको बताउँदै त्यसको बचाउ गरे ।
त्यसैगरी पूर्वप्रधानमन्त्रीले छात्रालाई शिक्षामा पहुँच पु¥याउन स्थानीय सरकार र प्रदेश सरकारले विशेष अभियान चलाउनुपर्ने बताए ।