अर्थ राजनीति ~ सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् । प्रमुख सचेतक भट्टराईले भने– ‘आसन्न निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानी छानी जिल्ला जिल्लामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई पठाउने काम भएको छ । स्थानीय तहमा पनि त्यसरी नै प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भएको छ । यो तरिकाले निर्वाचनलाई प्रभावित पार्नेगरी आफ्ना मान्छेहरु छानी छानी लाने काम गरिएको छ ।’ उनले स्थानीय तहको निर्वाचनका बेला प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला जिल्लामा विपक्षीहरूलाई, राजनीतिक आस्था नमिल्ने दलहरूलाई चरम दमन गरेको आरोप लगाए । एमालेले उनीहरुसँग खास खास ठाउँमा प्रतिरोध गरेपनि आस्थाका आधारमा विभेद गरेको उल्लेख गरे । उनले भने– ‘आस्थाका आधारमा भएको विभेदले त्यतिबेला स्वतन्त्र ढंगले मतदान गर्ने स्थिति सिर्जना भएन । रिक्त भएको ठाउँमा पठाउने हो भने निर्वाचन आयोगको अनुमतिले पठाउने कुरामा हामीलाई केही आपत्ति छैन्, तर रिक्त भएको ठाउँमा हैन, सरुवा गरी गरी आफूलाई सघाउने र मिल्ने भए झन्डै बोक्ने मान्छेहरूलाई सरुवा गर्ने काम अहिलेको सरकारले गरिरहेको छ ।’उनले एमालेले आफ्नो नेतृत्वमा चुनाव गराउँदा त्यसरी नगरेको उल्लेख गर्दै सरुवा भएर गएका कर्मचारीहरुलाई आस्थाका आधारमा कुनै अन्याय गर्न थालियो, मतलाई प्रभाव पार्ने काम भयो भने एमालेले प्रतिवाद गर्ने चेतावनी दिए । उनले हिजो आज भएको सरुवा बन्द गर्न र थप सरुवा नगर्न आग्रह गरे ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति