राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध १० करोडको मुद्दा दायर

Machchapuchchre

अर्थ राजनीति  ~  राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध १० करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार उनीहरुले श्री जयदुर्गा ट्रेडर्समार्फत ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ राजस्व छली गरेको विभागको आरोप छ । जयदुर्गा ट्रेडर्सले मुल्य अभिवृद्धि कर तर्फ एक करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ करछली गरेको विभागको आरोप छ । विभागले दायर गरेको मुद्दामा शतप्रतिशत विगोदावी सहित १० करोड ९३ लाख २ हजार ६७६ रुपैयाँ मागदावी सहित हदैसम्मको कारवाही गरिपाउँ भनि अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्