बैंकहरुको निक्षेप तान्ने आकर्षक अफरप्रति राष्ट्र बैंक बेखबर !

Machchapuchchre

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तान्ने गुणात्मक प्रतिफलतको अफरप्रति नियामक राष्ट्र बैंक बेखबर देखिएको छ । प्रतिस्पर्धामा बैंकहरुले एकपछि अर्को गर्दै लामो अवधिको मुद्दती निक्षेपमा १० गुणासम्मको प्रतिफलत सार्वजनिक गरिरहँदा नियामक निकाय राष्ट्र बैंक मौन देखिएको हो । बैंकहरुको न्यूनतम ६ वर्षेदेखि २५ वर्षेसम्मको गुणात्मक प्रतिफल योजना सार्वजनिक गरिरहेका छन् । तर, राष्ट्र बैंक भने यस्तो योजना बारे आफूलाई कुनै जानकारी नभएको औपचारिक प्रतिक्रिया दिइरहेको छ । बरु मुद्दती बचत योजना अन्तर्गत बैंकहरुले गुणात्मक प्रतिफलतको स्कीम बाँडिरहेको हो भने सो बैधानिक नै रहने केन्द्रीय बैंकको धारणा छ ।

यस्तो दीर्घकालिन निक्षेपमा समस्या आउन सक्ने खतरालाई भने नकार्न नसकिने राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले स्वीकार गर्छन् । ‘लामो अवधिको निक्षेपमा समस्या नआउला भन्न सकिन्न, लामो समयसम्म बैंकमा तरलता होल्ड हुनेहुँदा जुनकुनै बेला निक्षेपकर्तामा अप्ठेरो पर्नसक्छ, यसमा स्वयं लगानीकर्ता (डिपोजिटर) नै सजग र सचेत हुने हो’ भट्टले भने । यस्तो लामो अबधिको डिपोजिटले निक्षेपकर्तालाई मात्र नभएर स्वंय बैंक तथा वित्तीय संस्थालाई समेत समस्या पर्ने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्