अर्थ राजनीति ~ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी विकास निर्माणका कामलाई निरन्तरता दिने र जनआकांक्षा पूरा गर्न लागिपरेको बताएका छन् ।
त्यसका लागि पार्टीले अध्यक्ष केपी ओलीलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको उनले जानकारी दिए ।
महासचिव पोखरेलले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुने तर्क गरे ।
एमालेले भदौ २६ र २७ गते केन्द्रीय कमिटीको बैठक बसेर पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गरेको थियो ।
पोखरेलका अनुसार एमालेले आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई भोट बढाउने गरी पार्टीका प्रत्येक सदस्यलाई चुनावी तयारीमा लाग्ने अभियान चलाउने योजना बनाएको छ ।