पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो। गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो । प्रवक्ता कृष्ण बाहदुर महराका अनुसार मधेश प्रदेशमा साउन २९ मा तोकिएको बैठको भदौ २ मा हुने भएको छ। यस्तै लुम्बिनी प्रदेशको साउन २६ का लागि निर्धारित बैठक भदौ १ मा र कर्णाली प्रदेशको बैठक भदौ २९ मा हुनेछ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ।