गभर्नर अधिकारी संग माओवादीले माग्यो राजीनामा

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संग नेकपा (माओवादी केन्द्र)ले राजीनामा मागेको छ।

बिहीबार बसेको राष्ट्रियसभाको  बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् ।

महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले भने, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ ।’

यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले बताए । श्रेष्ठले अघि भने, ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर गर्नुपर्‍यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनामा दिनुपर्थ्यो ।’

अरुलाई भन्दा हुने, आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन उनले आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्