अर्थ राजनीति ~ नेकपा एमालेले लोसपालाई उपसभामुखमा सघाउने भएको छ । सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ ।
उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको छैन’, नेम्वाङले भने, ‘लोसपाले उम्मेदवार उठाएन भने एमालेले उठाउँछ, नत्र उहाँहरुलाई नै समर्थन रहन्छ ।’