अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को माग समेत समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए । उक्त अवसरमा संघका अध्यक्ष आचार्यलगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसी सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधि सहभागी थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति