३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा नबिलको एकीकृत कारोबार सुरू

Machchapuchchre

अर्थ राजनीति  ~  नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको हो । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठूलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए । बैंकका अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पु¥याउने बताए । “बैंक ठूलो भएसँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौं” उनले थपे । ‘क’वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । प्राप्ति पछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यसैगरी देशभरीको शाखा विस्तार भई २६७ शाखा सञ्जाल र २७४ एटीएम मेसिनबाट सेवा प्रदान गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्