डा. बाबुराम : “उपेन्द्र जी मधेस आन्दोलनको ब्याँज मात्रै खाने नेता”

Machchapuchchre

अर्थ राजनीति ~  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेस आन्दोलनको ब्याज मात्रै खाईरहने’ नेताको रुपमा चरित्र चित्रण गरेका छन् । काठमाडौंमा जारी आफनो पक्षमा केन्द्रिय समितिको विस्तारित बैठकमा छलफल भईरहेको राजनीतिक प्रतिवेदनमार्फत यादवलाई ‘मधेस आन्दोलनको मात्रै ब्याँज खाईरहने नेता’को रुपमा चरित्र चित्रण गर्दै गम्भिर ७ बुd आरोप लगाएका छन । भट्टराईका अनुसार यादव क्षेत्रियता भन्दा माथी उठन नसक्ने, मधेस बिद्रोहको ब्याँज खाईरहने, पार्टी कब्जा गरिराख्ने, सामुहिक नेतृत्वमा जान नचाहने, बहुमतको निर्णय नमान्ने, पार्टी खर्चको पारदर्शिता नदेखाउने, पहिचानको आन्दोलनको पक्षपाती भन्ने तर सुशाषनको सबालमा मौन बस्ने नेताको रुपमा ब्याख्या गरेका छन् । यादवले मुलधारको राष्ट्रिय राजनीतितर्फ आफनो भुमिका बढाउने भनेर सार्वजनिक अभिब्यक्ति दिए पनि ब्यायवहारत त्यो देखाउन नसकेको भट्टराईको आरोप छ । मधेश आन्दोलन देशको इतिहास मै एक ठुलो विद्रोह रहेको उल्लेख गर्दै भट्टराईले यादवले मधेस बिद्रोहको व्याँज मात्रै खाईरहेको आरोप लगाएका छन । ‘संघियता, समावेशिता, समानुपातीक निर्वाचन प्रणाली र आरक्षण स्थापित गरेको तथा यो मधेशको तर्फबाट देशकै लागि ठुला योगदान थियो । यी सिदान्तहरु बदलिएको सन्र्दभमा कसरी अझ बढि प्रभावकारी वनाउने ? मधेश आन्दोलनको गरिमालाई विस्तार गर्ने कि इतिहासमा सिमित गरी त्यसको व्याज मात्र खाने ?’ भट्टराईले यादवमाथी प्रश्न गरेका छन् । भट्टराईले पार्टीलाई सामुहिक प्रणालीमा लैजाने भन्दा पनि यादव पार्टी कब्जाको नीतिमा रमाएको आरोप लगाएका छन् । जसपा भित्र पार्टीको नेतृत्व पद्धति एकल हुने कि सामुहिक र समावेशी हुने भन्ने प्रश्नमा पर्याप्त मतभेद र भिन्नता देखिएको उल्लेख गर्दै भट्टराईले समिति प्रणालीबाट संस्थागत निर्णय भएका विषयलाई पार्टीको दैनिक जीवनमा लागू गराउन यादवले अनिच्छा देखाएको भट्टराईको आरोप छ । भट्टराईका अनुसार यादवले बहुमतको निर्णयलाई कहिल्यै पनि स्विकार नगरेको तथा त्यसलाई माइनुट गर्न अनिच्छा ब्यक्त गरेको अर्को आरोप लगाएका छन् । यादवले पार्टी एकताको ३ बर्षको अबधीमा आर्थिक जीवन, आय स्रोत, व्यायलाई बैठकको एजेण्डा नै नबनाएको भट्टराईको गुनासो छ । स्थानिय तह देखी प्रदेशसम्म जसपाले बिजय हासिल गरेका प्रतिनिधिमार्फत पार्टीलाई लोकप्रिय बनाउनका लागि छलफल नचलाएको भट्टराईको अर्को आरोप छ ।अमेरिकन सहयोग एमसीसी राष्ट्रिय राजनीतिलाई नै तरंगित गर्ने विवादित मुद्धा बन्दा पनि यादवले संस्थागत छलफल नचलाएको तर नेकपा माओवादी केन्द्र र नेकपा एसले निर्णय लिए पछि त्यसै अनुसार गएको भट्टराईको आरोप छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्