अर्थ राजनीति ~ गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक बारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग छलफल गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयक बारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदन सहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । सोही विधेयकमा सहमति जुटाउनका लागि सरकारका तर्फ बाट विभिन्न राजनीतिक दलका नेताहरू सँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्ड सँग भेटघाट गरेको मन्त्री खाणको सचिवालयले जनाएको छ । आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए । नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकता सम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ । विधेयक पास भएमा नागरिकता नपाएका लाखौं युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति