अर्थ राजनीति ~ धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उनले गाडी बेच्ने घोषणा गरेका हुन् । गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पनि पारित गरिसकेको छ ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले बताए ।