अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले एक आपसमा गाभिनका लागि सैद्धान्तिकका सहमति दिएको छ । राष्ट्र बैंकले बिहिबार एक सूचना मार्फत नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई सैद्धान्तिक स्वीकृति दिएको पत्र जनाएकाे हो ।
बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले मर्जर प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए) का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउनु पर्ने हुन्छ ।