तीन विषयमा छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। असार २१ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए पौडेलका अनुसार पदाधिकारी बैठकमा तीन विषयमाथि छलफल हुनेछ। समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठकमा छलफल गरिने उनले जानकारी दिए। कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ। कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्