ओलीले आज संसदलाई संबोधन गर्ने

Machchapuchchre Bank

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने तयारी भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता, अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएकोलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् । साथै महंगी, भ्रष्टाचार, मल अभाव र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए। बैठक दिउँसो १ बजे बस्दैछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्