पुरानो कर्जा तिर्न नयाँ ऋण, राष्ट्र बैंकको असन्तुष्टि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पुरानो कर्जा नतिरेका ऋणीलाई पनि कर्जा दिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा बैंकका सीईओहरूसँग गरेको अन्तर्क्रियामा राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले पुरानो ऋण नतिरेका ऋणीलाई नयाँ कर्जा दिने गरेको भन्दै काम कारबाहीप्रति असन्तुष्टि जनाए । उनले राष्ट्र बैंकले गरेको व्यवस्थालाई पनि उल्लंघन भएको पाइएको समेत बताए । कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको, आवश्यकताभन्दा बढी कर्जा प्रवाह भएको, प्रक्षेपित र वास्तविक खुद चालु सम्पत्तिबीच धेरै नै फरक देखिएको, तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्ने गरिएको अभ्यासबारे पनि गुनासो आएको भन्दै  उनले सचेत गराए । उनले यस्ता कामका विषयमा नजिकबाट हरेको र कारबाही हुन सक्ने भन्दै सचेत गराए । मंगलबार राष्ट्र बैंकले २७ वटै बैंकका सीईओलाई बोलाएर छलफल गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्