अर्थ राजनीति ~ ” एक्सपर्ट एजुकेशन एण्ड माइग्रेसन” ले आगामी साता अष्ट्रेलियामा शैक्षिक तथा अध्यागमन प्रदर्शनी गर्ने भएको छ। नयाँ आउने नेपाली विद्यार्थीलाई लक्षित गरेर आगामी मंगलबार होटल रिज टाउनहलमा शैक्षिक तथा अध्यागमन प्रदर्शनीको हुने भएको हो। कोभिड माहामारीपछि अस्ट्रेलियामा बढेको नेपाली विद्यार्थीको आवागमन लाई ध्यानमा राखेर आवश्यक शैक्षिक परामर्श तथा अध्यागमन सम्बन्धी सल्लाह दिन एक दिने शैक्षिक प्रदर्शनीको आयोजना गरिएको एक्सपर्ट ग्रुपका ब्यवस्थापक मन्जित घिमिरेले जानकारी दिए। मेलामा सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधि स्वयं उपस्थित हुने र निःशुल्क शैक्षिक परामर्श प्रदान गर्ने घिमिरेले बताए। यस्तै मेलामा आधिकारिक अध्यागमन एजेन्टमार्फत पढाइ सकेर स्थायीत्वको गन्तब्य खोजिरहेका नेपाली विद्यार्थीलाई पछिल्लो नीति नियम र कुन राज्यमा कस्तो सुविधा प्राप्त गर्न सकिने भन्ने विषयमा छलफल चलाइने उनले बताए। यस्तै अस्ट्रेलियामा कठिन परिस्थितिसँग जुधिरहेका र क्यानडा जान चाहने विद्यार्थीका लागि विशेष कक्षाको समेत व्यवस्था रहेको व्यवस्थापक घिमिरेले बताए। यस्तै विद्यार्थीको हितलाई ध्यानमा राखेर केही शैक्षिक संस्थाका लागि निःशुल्क एप्लिकेसन, निःशुल्क ट्याक्स रिर्टन, पाँच सय डलरसम्मको एक्सपर्ट छात्रवृत्तिको कार्यक्रम राखिएको व्यवस्थापक घिमिरेले जानकारी गराए। अस्ट्रेलियामा यतिबेला करिब ७५ हजार नेपाली विद्यार्थी अध्यनरत छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति