सुरेन्द्र पाण्डे : ” यसपटकको बजेट कुन घराना केन्द्रीत ल्याको ? “

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा आगामी आर्थिक वर्षको बजेट कुनै व्यापारिक घरानालाई केन्द्रित गरेर ल्याएको हो भनि प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेट माथीको छलफलमा बोल्दै उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारले ल्याएको बजेटले नेपाली उद्योग सुकाउनमा जोड दिईएको बताए । उनले भने, ‘बजेटमा एकातिर करमा छुट दिने कुरा गरिएको छ । अर्कोतिर अन्तशुल्क बढाईएको छ । यसो गर्दा नेपाली उद्योग सुकाउन जोड दिईएको देखिन्छ ।’पाण्डेले विद्युतिय सवारीलाई प्रवद्र्धन गर्न नखोजिएको आरोप लगाए । उनले संसदमा बोल्दै भने, ‘एक सय वाट भन्दा बढी क्षमता भएका विद्युतिय सवारी कर छुटको लोभ देखाईएको छ । यो क्षमताको सवारी टाटा कम्पनीले मात्र प्रयोग गर्दै आएको छ ।’ त्यस्तै, १० करोड बराबरको विद्युत खपत गर्ने उद्योगला२ देखि १५ प्रतिशतसम्म महशुलमा छुट दिने भनिएको कम्पनी पनि नेपालमा एक मात्र रहेको उनले उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्