बजेटपछि पनि देखिएन शेयर बजारमा उत्साह

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ । तर, शेयर लगानीकर्ताहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखाएकाे पाइन्छ । यस साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट समेत शेयर बजार दोहोरो अंकले ओरोलो लागिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अंकले घटेर २ हजार १ सय ९३ विन्दुमा झरेको छ । यस अवधिमा ४४ करोडको कारोबार भएको छ भने ११ कम्पनीको शेयरमूल्य बढेको छ । अन्य १७४ कम्पनीको शेयरमूल्य घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्